Connect with us
Advertisement

इटहरीका ८ पसलमा नगरपालिकाद्वारा अनुगमन

Published

on

इटहरीः इटहरी उपमहानगरद्वारा इटहरीको लबिपुर, पकली र कान्छीचोकमा पसल अनुगमन गरी म्याद नाघेका सामग्री बरामद गरिएको छ । उपभोक्ता हित संरक्षण समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा ती ठाउँका ८ वटा किराना पसलमा अनुगमन गरिएको हो । तीमध्ये ४ वटा पसलमा म्याद गुज्रिएका सामान भेटिएको छ ।

मसला, तेल, सुजी, सस, बेसन, कोदोको पीठो, बेसार, फुड कलर, हर्लिक्स, चियापत्तीको म्याद गुज्रिएको पाइएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोबेल किशोर भट्टराईले बताए । मूल्यसूची नराखेका, पसलको बोर्ड नराखेका, बर्सेनी नवीकरण नगरेका पसलहरुलाई सबै मापदण्ड पूरा गर्न निर्देशन दिइएको बताइएको छ ।

म्याद गुज्रिएका सामान राख्ने छुट्टै ठाउँको ब्यवस्था गर्न र ‘म्याद गुज्रिएका सामान’ भनेर लेखेर टाँस्न भनिएको छ । इटहरीमा निरन्तर बजार अनुगमन भइरहेको उपमेयर गौतमले बताइन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

Published

on

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

Continue Reading

Banner

गायक रवि ओड प्रहरी नियन्त्रणमा

Published

on

वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

 

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।

Continue Reading

Banner

मोरङ जिल्ला पालिका स्तरिय उपमेयर कपको उपाधि सुन्दरहरैँचाले जितेको छ ।

Published

on

मोरङ जिल्ला पालिका स्तरिय उपमेयर कपको उपाधि सुन्दरहरैँचाले जितेको छ । वार्ड न १० को सुकुना चौरि खेलमैदानमा भएको फाईनल खेलमा पथरी लाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । बिजेता नगद ६७५००, ट्रफि र मेडल प्राप्त गर्यो, दोश्रो भएको लेटाङ नगरपालिकाले नगद ३३७५० ट्रफि र मेडल प्राप्त गर्यो, तेश्रो भएको रतुवामाईले नगद ९३३५ प्राप्त गर्यो । सुन्दरहरैचा नगर खेलकुद बिकाशको आयोजनामा भएको खेलमा मोरङका ८ ओटा पालिकाको सहभागिता रहेको थियो । फाईनल खेलमा प्रमुख जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई रहनुभएको थियो, । लेटाङ नगरपालिका का नगर प्रमुख भुपेन्द्र लावति विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा खेलाडि पालिकाका उपप्रमुख, खेलाडि लगायतको उपस्थिति रहेको थियो । नगरखेलकुद बिकाश समितिका अध्यक्ष तथा नगरप्रमुख केदार प्रसाद गुरगाईको अध्यक्षता मा भएको कार्यक्रममा स्वागत मन्तव्य नगर खेलकुद विकास समितिका सदस्य सचिब खडग श्रेष्ठले गर्नुभएको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक